चिलिमे - सेती हाइड्रोपावर कम्पनी लिमिटेड
चिलिमे – सेती हाइड्रोपावर कम्पनी लिमिटेड (CSHC) चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ साल भदौ २ (August 18, 2022) मा स्थापना भएको थियो। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडमा नेपाल विद्युत प्राधिकरणको ५१% सेयर रहेको छ। चिलिमे–सेती हाइड्रोपावर कम्पनी लिमिटेड मुख्यतः जलविद्युतका आयोजनाहरूको विस्तृत अध्ययन तथा निर्माण गरी जलविद्युत विकास गर्न गठन गरिएको कम्पनी हो। यसको कर्पोरेट कार्यालय महाराजगञ्ज, कपनमार्ग, काठमाडौंमा अवस्थित छ। हाल ८७ मेगावाट क्षमताको सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्नु यसको मुख्य ध्येय रहेको छ। यसको आयोजना स्थल सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा अवस्थित छ। विद्युत विकास विभागबाट आर्थिक वर्ष २०७४/०७५ मा सेती नदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन पूरा गरेर निर्धारित समयावधि भित्रै विद्युत उत्पादन अनुमतिपत्र (Generation License) को लागि समेत आवेदन दिइएको छ।
Chairman & Managing Director
Er. Fanendra Raj Joshi
Chairperson
Er. Babu Raja Maharjan
Managing Director
Vision
Pioneering a sustainable hydropower revolution in Nepal, transforming lives and landscapes for a greener tomorrow.
Mission
Harnessing Nepal’s water wealth responsibly, we drive economic progress, empower communities, and safeguard the environment though innovative hydropower solutions, setting new standard for excellence and equity in the industry.