परियोजना लाइसेन्स सीमा

    Boundary Point Easting Northing
    1 81° 07' 51" E 29° 33' 15" N
    2 81° 07' 51" E 29° 30' 00" N
    3 81° 15' 00" E 29° 33' 15" N
    4 81° 15' 00" E 29° 30' 00" N

साइट पहुँच

सेती नदी-३ जलविद्युत आयोजना स्थल राजमार्ग र हवाई मार्ग दुवैबाट पहुँचयोग्य छ। सडक यात्रा गर्ने हो भने काठमाडौंबाट करिब ९१३ किलोमिटर टाढा छ। अर्कोतर्फ हवाई मार्गबाट उक्त स्थानमा काठमाडौंबाट धनगढी र त्यसपछि धनगढीबाट बझाङसम्म लगातार दुईवटा उडान मार्फत पुग्नु पर्ने हुन्छ। यो दोहोरो पहुँचको सुविधाले गर्दा परियोजनास्थल पुग्न अझ सहजता प्रदान गरेको छ।

हवाई यात्रा

    S.N From To Time
    1 Kathmandu Dhangadhi 60 min.
    2 Dhangadhi Bajhang 25 min.

सडक यात्रा

    Location Highway Highway Code Distance
    Kathmandu to Mugling Prithvi Highway H04 114 KM
    Mugling to Narayangad Madan Asrit Highway H05 42.8 KM
    Narayangad to Attariya East-West Highway H01 506 KM
    Attariya to Khodpe Mahakali Highway H014 147 KM
    Khodpe to Chainpur Feeder Road F49 101 KM
    Chainpur to Headworks area Municipal Road 2 KM
    Total 913 KM

मुख्य विशेषताहरु

    Topics Description
    Project Name Seti Nadi – 3 Peaking Run-Off River Hydroelectric Project
    Project Location Jayaprithvi Municipality, Bajhang District, Sudurpaschhim Province
    River Seti Nadi
    Capacity 87 MW
    Weir Length 67m and height 16m, Radial Gated Weir of size 10 m x 11 m (B x H) (4 Nos.)
    Undersluice Orifice (Radial Gate) type, size 10m x 13m (B x H) (1 No.)
    Settling Basin Surface – 3 Nos (125 x 16 x 21) (L x B x H)m
    Headrace Culvert 1069.8 m length, width and height of 6 x 6 m (1 No.)
    HRT 4251 m length with dia. 6.2m, Horse Shoe shaped
    Surge Shaft 65.3 m height with dia. of 15m
    Pressure Shaft 155.5m length with 4.7 m dia.
    Powerhouse 74m x 16m x 41m Underground
    Tailrace 452m length with 6 m dia.
    Turbine Vertical Shaft Francis (3 units)
    Transmission Line 12 km, 132 kV Double Circuit
    Total Annual energy 483.206 GWh
    Off-peak dry energy 133.719 GWh
    Peak dry energy 14.67 GWh
    Wet season energy 334.819 GWh

परियोजना स्थिति

सेती नदी-३ (८७ मे.वा.) जलविद्युत परियोजनाको सम्पूर्ण अध्ययन कार्य सम्पन्न भई बिस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार भैसकेको छ। उक्त परियोजना निर्माणको लागि स्वपूँजी ३०% र ऋण ७०% लगानी गर्ने गरी DPR तयार भएको छ। स्वपूँजी जनताको जलविद्युत कार्यक्रमको कार्यबिधि अनुरुप नै तय भएको छ भने ऋण लगानी स्वीकृतिको पनि टुङ्गो लगाउने गरी काम भईरहेको छ।  परियोजना निर्माण गर्न आवश्यक निजी जग्गाहरु अधिग्रहण प्रक्रियानुसार तथा सरकारी जग्गाहरू लीज प्रक्रियाबाट लिने कार्य भईरहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भैसकेको छ। उद्योग दर्ता गर्ने प्रक्रियामा रहेको छ। साथै विद्युत उत्पादन अनुमतिपत्र लिने तथा विद्युत खरिद सम्झौता (PPA) गर्ने कार्य सम्पन्न हुने चरणमा रहेका छन्। यसरी विभिन्न पक्षमा उल्लेखनीय प्रगति गर्दै सेती नदी-३ जलविद्युत परियोजनालाई निर्माण चरणमा प्रवेश गराउने गरी कार्यहरु अगाडि बढीरहेका छन् ।

शक्ति र ऊर्जा

यस कम्पनी र नेपाल विद्युत प्राधिकरण (NEA)  बीच विद्युत खरिद  सम्झौता (PPA) को लागि Energy Locking तथा कनेक्सन सम्झौता पनि सम्पन्न भईसकेको छ। ऊर्जा शक्तिको विवरण यस प्रकार रहेको छः

    Total Energy (KWh) Ratio
    Peak Hour Dry Energy 14,666,420.88 Dry Energy 30.71%
    Off-Peak Dry Energy 133,719,881.76 Wet Energy 69.29%
    Total Dry Energy 148,386,302.65
    Wet Energy 334,819,937.93
    Grand Total 483,206,240.58 Total 100%

उर्जा उत्पादन र प्रसारण

सेती नदी–३ जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई पावर-हाउस देखि प्रस्तावित जयपृथ्वी नगरपालिका, वडा नं. १ मा पर्ने कैलाश भन्ने ठाउँमा निर्माणहुने चैनपुरहब सबस्टेसनसम्म करिब १२ किलोमिटर लामो १३२ के.भी. क्षमताको डबल सर्किट प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

कम्पनीको भावी यजना

चिलिमे-सेती हाइड्रोपावर कम्पनीको भावि योजनाहरु निम्नलिखित रहेका छन् :
  • विद्युत खरिद सम्झौता (पीपीए): उत्पादित बिजुली खरिद टुङ्गाउनका लागि नेपाल विद्युत प्राधिकरण (NEA) सँग वार्ता र औपचारिक सम्झौता गर्ने ।
  • वित्तीय व्यवस्थापन: परियोजनाको निर्माण चरणका लागि आवश्यक लगानी रकम सुनिस्चित गर्न वित्तीय संस्थाहरूसँग समन्वय गर्ने।
  • निर्माण ठेकेदार छनोट: परियोजनाको लागि मुख्य निर्माण ठेकेदार छनोट गर्न टेन्डर कागजात तयार गर्ने।
  • साइट तयारी: निर्माण प्रक्रिया सहज बनाउन आयोजना स्थलमा साइट कार्यालयको स्थापना र कर्मचारी आवासको ब्यवस्थापन गर्ने।
  • जग्गा अधिग्रहण: परियोजनाको विकासको लागि आवश्यक सरकारी जग्गा लीज प्रक्रियानुसार लिन सम्झौता गर्ने। साथै अधिग्रहण गरिएका निजी जग्गामाहरु लिन बाँकी रहेकाहरु समेत लिगि सकेर सो जग्गामा स्थायी सिमाङ्कन गरी सीमा पिल्लर लगाउने।
  • पूर्वाधार विकासः सहज पहुँचका लागि विद्यमान सडकलाई आयोजना क्षेत्रसम्म पुर्याउने लिंक सडक निर्माणका लागि अध्ययन गर्ने।