चिलिमे - सेती हाइड्रोपावर कम्पनी
चिलिमे – सेती हाइड्रोपावर कम्पनी लिमिटेड (CSHC) चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ साल भदौ २ (August 18, 2022) मा स्थापना भएको थियो। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडमा नेपाल विद्युत प्राधिकरणको ५१% सेयर रहेको छ। चिलिमे–सेती हाइड्रोपावर कम्पनी लिमिटेड मुख्यतः जलविद्युतका आयोजनाहरू विस्तृत अध्ययन तथा निर्माण गरी जलविद्युत विकास गर्न गठन गरिएको कम्पनी हो। यसको कर्पोरेट कार्यालय महाराजगञ्ज, कपनमार्ग, काठमाडौंमा अवस्थित छ। हाल ८७ मेगावाट क्षमताको सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्नु यसको मुख्य ध्येय रहेको छ। यसको आयोजना स्थल सुदूरपश्चिम प्रदेश अन्तर्गत बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकामा अवस्थित छ। विद्युत विकास विभागबाट आर्थिक वर्ष २०७४/०७५ मा सेती नदी-३ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन पूरा गरेर निर्धारित समयावधि भित्रै विद्युत उत्पादन अनुमतिपत्र (Generation License) को लागि समेत आवेदन दिईएको छ।
| Company Name: | Chilime Seti Hydropower Company |
| Address: | Kapan Marga, Maharajgunj, Kathmandu, Nepal. |
| Date of Establishment: | August 18, 2022 (2079/05/02 B.S.) |
| Registration No: | 296746/079/080 |
| PAN/VAT No: | 610344615 |
| Telephone: | +977-1-4370773, 4370793 |
| Email: | cshc@chilimeseti.com.np |
प्रवर्द्धक सेयर (Promotor Share): यस कम्पनीमा प्रवर्द्धक सेयरको हिस्सा ५१ % मध्ये हाल चिलिमे जलविद्युत कम्पनी ४१% रहेको छ भने १०% नेपाल विद्युत प्राधिकरणको रहेको छ। उक्त ४१% सेयर मध्ये सुदूरपश्चिम प्रदेश सरकारलाई ५ % र बझाङ जिल्लाको स्थानीय तहलाई ५ % छुट्याइएको छ। त्यहाँबाट लगानीको सुनिश्चित भएपछि CSHC ले तदनुसार सेयरहरू प्रदान गर्नेछ।
सार्वजनिक सेयर (Public Share): सार्वजनिक सेयरको हिस्सा ४९% रहेको छ। जसमा ३३% सर्वसाधारण जनतालाई, १०% आयोजना प्रभावित स्थानीय, ३% प्रसारण लाइन प्रभावित व्यक्तिहरू र ३% CSHC का कर्मचारीहरूको लागि छुट्याइएको छ ।
नोटः यस आयोजना नेपाल सरकारको "जनताको जलविद्युत कार्यक्रम" अन्तर्गतको एक आयोजना भएकोले सेयर संरचना सोही कार्यक्रमको कार्यविधि अनुसार नै रहेको छ।